‘पद्मावती’ मा दीपिकाले लगाएको कपडा किन यस्तो ?
एजेन्सी । सञ्जय लीला भन्साली निर्देशित यस वर्षको सर्वाधिक प्रतीक्षित फिल्म ‘पद्मावती’ को ट्रेलर हालै सार्वजनिक भएको छ । युट्युव ट्रेडिङको पहिलो स्थानमा रहेको ट्रेलरमा अभिनेत्री दीपिका पादुकोण भारी वस्त्रमा देखिएकी छिन् । फिल्ममा उनले लगाएका कपडा बनाउन कुनै पनि मेसिनको प्रयोग नभएको बताइएको छ ।
फिल्ममा दीपिकाले प्रयोग गरेका वस्त्र रिम्पल र हर्पित नारुलाको डिजाइनमा बनेका हुन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, उक्त कपडा कत्तिको गरुंगो छ भन्ने प्रश्नमा रिम्पलले आफूहरुले कपडाको तौल सकेसम्म हलुका बनाउने कोशिश गरेको बताए । उनले भने, ‘पद्मावती ११ या १२ शताब्दीको धेरै पुरानो कथा हो । त्यसैले दीपिकाले प्रयोग गरेका कपडाका प्याब्रिक्स र अन्य सजावट सबै हातले नै बनाइएको हो । हामीले अर्गानिक फइब्रिक्सलाई महत्व दिएर उक्त कपडा बनाएका हौं । त्यही समयलाई पर्दामा उचित रुपमा देखाउनका लागि नै हामीले कपडाको लागि मेसिनको प्रयोग गरेका छैनौं ।’
फिल्म यही आउँदो डिसेम्बर १ मा रिलिज हुँदै छ ।