मुख्य समाचार

दार्जिलिङमा फेरी भड्कियो हिंसा, एक प्रहरी र एक आन्दोलनकारीको मृत्यु

दार्जिलिङमा फेरी भड्कियो हिंसा, एक प्रहरी र एक आन्दोलनकारीको मृत्यु

काठमाडौं । दार्जिलिङमा फेरी हिंसा भड्किएको छ । दार्जिलिङको तकभर क्षेत्रमा शुक्रबार विहान हिंसा भड्किँदा एक जना सुरक्षाकर्मी र विमल गुरुङ पक्षका एक जना आन्दोलनकारीको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । मृत्यु हुने सुरक्षाकर्मीमा इन्स्पेक्टर अमिताभ मल्लिक रहेका छन् । झडपमा मारिएका आन्दोलनकारीको सनाखत भएको छैन । घटनामा दर्जन बढी घाइते छन् । आन्दोलनकारीले सुरक्षाकर्मीको गाड़ी पनि तोडफोड गरेका छन् ।

विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले खोजी अभियान चलाएपछि आन्दोलनकारीहरु सडकमा आएका छन् । झडप अहिले पनि जारी छ ।

विशेष