मुख्य समाचार

सेनालाई द्रुत मार्ग बनाउन बाटो खुल्यो, भारतले बनाएको डीपिआर किन्ने सरकारको निर्णय

सेनालाई द्रुत  मार्ग बनाउन बाटो खुल्यो, भारतले बनाएको डीपिआर किन्ने सरकारको निर्णय

काठमाडौं । अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई सरकारले सहिद घोषणा गरेको छ ।

शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गौचनलाई सहिद घोषणा गरेको हो । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित शान्तिनगरमा घरबाट कार्यालय जाने क्रममा उनको गोली हानी हत्या भएको थियो ।

हत्यामा तीनजना व्यक्ति संलग्न भए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । प्रहरीले गौचनको हत्या भएकै दिन एक सय ८० जनालाई समाते पनि मुख्य अभियुक्त को हो ? भन्ने अझै खुलेको छैन ।

त्यस्तै सरकारले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन अध्ययन किन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा निर्देशक समितिलाई भनेको छ ।

भारतीय कम्पनी इनफास्टक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आईएलएएफएस)ले डीपीआर बनाएको छ ।

विशेष