खेल मुख्य समाचार

नेपालको विश्वकप खेल्ने सपना चकनाचुर, हङकङसँग ८३ रनले पराजित

नेपालको विश्वकप खेल्ने सपना चकनाचुर, हङकङसँग ८३ रनले पराजित


काठमाडौं । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ ।

हङकङको घरेलु मैदानमा भएको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको हो । टस हारेर पहिले व्याटिङ गरेको हङकङले १ सय ९४ रन बनाएको थियो । जवाफि व्याटिङ गरेको नेपालले ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रन मात्र बनाउन सक्यो ।

हङकङका लागि जिमी एट्किनसनले सर्वाधिक ७६ रन  हङकङको इनिङ ध्वस्त पार्न नेपालका सन्दीप लामिछाने ३ विकेट लिए। बसन्त रेग्मी र करण केसीले २–२ विकेट हात पारे। सुसन भारीले १ विकेट लिन सफल भए ।

जवाफि व्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको २६ रननै सर्वाधिक रहयो । उपकप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा अरिफ शेखले २३ रन बनाए । त्यस्तै बसन्त रेग्मीको १८ तथा सोमपाल कामीको ११ रन बाहेक कुनै खेलाडिले पनि दोहोरो अंक बनाएनन् । हारसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको छ ।

विशेष