Technology

सामसुङमा समस्या नै समस्या, सिईओले दिए राजीनामा

सामसुङमा समस्या नै समस्या, सिईओले दिए राजीनामा

एजेन्सी । सामसुङ इलेक्ट्रोनिक्सका तीनजनामध्येका सिईओ वोन ओह ह्युनले राजीनामा दिएका छन् । उनले आफूले पहिल्यैदेखि राजीनामा दिन चाहे पनि सम्भव नभएको बताएका छन् ।

सामसुङमा पहिला कहिल्यै नभएको हाहाकार मच्चिएपछि अब आईटीले ल्याएको यो सबै समस्याको हल गर्न युवा पुस्ताको खाँचो रहेको भन्दै उनले सामसुङले नयाँ ढंगबाट कामको सुरुवात गर्नुपर्ने समेत बताएका छन् ।

पछिल्लो समय अगस्टमा पुरै सामसुङ टोलीलाई भ्रष्टाचारको आरोपमा जेल हालिएको थियो । अहिले सामसुङ कम्पनीमा असल नेतृत्वको खाँचो भएको विभिन्न सरोकारवालाले टिप्पणी गर्दै आएका छन् ।

सामसुङबारे आएको आलोचनाबारे बीबीसीसँगको कुराकानीमा सामसुङ इलेक्ट्रोनिक्सका प्रवक्ताले भने, ‘हामी चाँडै नै नयाँ नेतृत्वको नियुक्ति गर्ने छौं । तर यही मितिमा भनेर तोकिहाल्ने स्थिति छैन ।’

सामसुङ इलेक्ट्रोनिक्सको व्यापार तथा वितरण दक्षिण कोरियाको पारिवारिक व्यवसाय हो । पछिल्लो अगस्टमा सामसुङ ग्रुपका उत्तराधिकारी ली जेइ योङलाई भ्रष्टाचारको आरोपमा पाँच वर्ष जेल चालन गरिएको थियो । उनीमाथि राजनीतिक स्वार्थका लागि ४१ बिलियन डलर वोन हिनामिना गरेको आरोप लागिको थियो ।

 

विशेष