मुख्य समाचार

यी हुन् पदीय मर्यादाको अपमान गर्ने सार्वजनिक पद धारण गरेका व्यक्तिहरु

यी हुन् पदीय मर्यादाको अपमान गर्ने सार्वजनिक पद धारण गरेका व्यक्तिहरु

 

काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधी समा सदस्यको उम्मेदवारका लागि कपजिवस्तु १ बाट कांग्रेसबाट सिफारिस भएपछि पदबाट राजीनामा दिए । मन्त्रिपरिषद्ले राजीनामा स्वीकृत नगर्दै उनी चुनावी कार्यक्रममा व्यस्त भइसकोका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत प्रा.डा गोविन्द पोखरेल प्युठानको एकमात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्याको उम्मेदवार सिफरिस भएका छन् । पार्टी केन्द्रको निर्णय पर्खिरहेका उनी राजीनामा दिन ठिक्क परेर बसेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ चितवन १ बाट प्रतिनिधी सभा निर्वाचनका लागि कांग्रेसबाट उम्मेदवारको सिफारिस भएका छन् । जिल्लाको सिफारिसअनुसार केन्द्रमा निर्णय भएमा राजीनामा दिएर चुनाव लड्ने योजनामा उनी छन् ।

नेपाल प्रहरीका डीआइजी नवराज सिलवालले पदबाट दिएको राजिनामा स्वीकृत नहुँदै एमाले प्रवेश गरे । र, प्रतिनिधीसभा निर्वाचनका लागि एमालेबाट ललितपुर १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

विशेष