खेल

नेपाल र हङकङ बीचको खेल जारी नेपाललाई जित्नै पर्ने दबाब

नेपाल र हङकङ बीचको खेल जारी नेपाललाई जित्नै पर्ने दबाब


काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको खेलमा अहिले नेपालले हङकङसँग खेलिरहेको छ ।

हङकङमा आज बिहान शुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङ ब्याटिङमा उत्रिएको छ । हङकङविरुद्ध आज र पर्सि हुने दुई खेलले विश्व क्रिकेटमा नेपालको आगामी यात्रा तय गर्नेछ । प्रतियोगिताको शीर्ष चारमा पर्ने सम्भावना जीवित राख्न नेपालले हङकङलाई उसैको मैदानमा हुने दुबै खेलमा पराजित गर्नुपर्नेछ । हार वा बराबरीले नेपालको यात्रा यहीँ टुंगिन सक्छ ।

हङकङविरुद्धको हारले भने नेपाल ‘डिभिजन टु’ मा झर्नेछ । यद्यपि डिभिजन टु को प्रतियोगितामा शीर्ष दुईभित्र पर्न सके एक दिवसीय विश्वकप छनौट खेल्ने विकल्प बाँकी नै रहनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हाल ८ अंक जोडेर छैठौं स्थामा छ ।

११ अंक जोडेको हङकङ पाँचौ स्थानमा रहेको छ । दुई खेल बढी खेलेको नेदरल्याण्ड्स १८ अंकसहित शीर्ष स्थानमा रहँदा १६ अंक जोडेको पपुवा न्युगिनी दोस्रो स्थानमा छ ।

विशेष