स्वास्थ्य

उभिएर काम गरे मोटापन घट्ने

उभिएर काम गरे मोटापन घट्ने

एजेन्सी । मानिसहरु मोटोपन घटाउनको लागि विभिन्न उपाय अपनाउने गर्दछन् । हालै चेस्टर विश्वविद्यालयका शोधकर्ताहरुले मोटोपन घटाउने उपाय बाहिर ल्याएका छन् ।  

शाेधकर्ताहरुले दिनको करिब ३ घण्टा उभिएर काम गर्नाले हरेक वर्ष ३ देखि ६ केजी तौल घट्ने सक्ने तथ्य बाहिर ल्याएका छन् ।  शोधकर्ताका अनुसार कुनै पनि मोटोपन भएको मानिसले दैनिक तीन घण्टा उभिएर काम गर्याे भने वजन नियन्त्रण हुने बताएका छन् । उनीहरुले स्वस्थ रहनका लागि दिनभरी आराम गर्नु जरुरी नहुुने र जो व्यक्ति हरपल थकावट र आलस्य महसुस गर्दछन् उनीहरु कुर्सीमा बसेर काम गर्नुको सट्टा केही समय उभिएर रहनु पर्ने समेत बताएका छन् ।

वैज्ञानिकहरुले यस विषयको शोधका क्रममा बसेर काम गर्नले शरीरको मोटोपनमा वृद्धि हुने कुरा बताएका छन् । उभिएर काम गरेमा रक्त सञ्चालन राम्ररी हुने पनि उनीहरुको दाबी रहेको छ ।

तीन घण्टा उभिएर काम गरेमा शरीरको १ सय ४४ क्यालोरी शक्ति नष्ट हुने र मोटोपन घट्ने वैज्ञानिकहरुको भनाई छ । उभिएर काम गरेमा मानिसको स्वास्थ्य अवस्था पनि राम्रो हुने शोधकर्ताहरुले बताएका छन् ।

विशेष