प्रवास

एनआरएन सम्मेलन अति अव्यवस्थित

एनआरएन सम्मेलन अति अव्यवस्थित

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)को उद्घाटन सत्र अति अव्यवस्थित हुँदा विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिले हेर्नसमेत पाएनन् ।
काठमाडौंको होटल ह्यातमा राखिएको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । तर उद्घाटन सत्र हेर्नबाट करिब ५ सय प्रतिनिधि वञ्चित भए । सानो हलमा राखिएको सो सत्र अवलोकन गर्न बाहिर मनिटर राखिएको बताइए पनि त्यो व्यवस्था प्रभावकारी हुन सकेन ।

नयाँ कार्यसमिति चयनका लागि सुरु भएको सम्मेलन त्यसै पनि खर्चिलो र भड्किलो बन्दै गएको चर्चा छ । खर्च धेरै भएपनि व्यवस्थित हुन नसक्दा सम्मेलन सास्तीपूर्ण बनेको छ ।

सम्मेलनको समाचार कभरेजका लागि पुगेका सञ्चाकर्मीहरुलाई समेत पासको व्यवस्था गर्न आयोजक समिति असफल भएको छ । पास वितरणका लागि राखिएको टोलीले काम गर्न नसकेर स्थान छाडेको छ ।
खुलामञ्च वा धेरै खाली मैदानमा गर्नु पर्ने कार्यक्रमलाई पाँचतारे होटलको साँघुरो हलमा गर्दा समस्या उत्पन्न भएको हो ।

विशेष