मनोरञ्जन

रेखा थापाको ‘रुद्रप्रिया’ ले युनिभर्सल सर्टिफिकेट पाएन, सोह्र वर्ष मुनिकाले अभिभावक लिएर जानुपर्ने

रेखा थापाको ‘रुद्रप्रिया’ ले युनिभर्सल सर्टिफिकेट पाएन, सोह्र वर्ष मुनिकाले अभिभावक लिएर जानुपर्ने

काठमाडौं । यही कात्तिक २ गते रिलिज हुन गइरहेको फिल्म ‘रुद्रप्रिया’ लाई सेन्सर बोर्डले ‘पिजी’ (प्यारेन्टल गाइडेन्स) को सर्टिफिकेट दिएको छ । यो फिल्म हेर्न सोह्र वर्ष भन्दा मुनिकाले अनिवार्यरुपमा अभिभावक लिएर जानुपर्ने छ ।

केही एक्सनका दृश्य भएकाले यो फिल्मले युनिभर्सल सर्टिफिकेट पाउनबाट वञ्चित भएको हो । यसअघि यो फिल्म हल सँगसँगै डिजिटलमार्फत पनि रिलिज गर्नेबारे विवादमा परेको थियो । तर, रेखाले आफ्नो फिल्मलाई हल र डिसहोममा एकसाथ सार्वजनिक गर्ने भएकी छिन् ।

किशोरीमाथिको एसिड आक्रमणको कथामा बनेको फिल्म ‘रुद्रप्रिया’ लाई सुदीप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्ममा रेखा थापासँगै आर्यन सिग्देल, राजन इशाक, टीका पहारीलगायतको अभिनय रहेको छ ।

Rudrapriya

विशेष