मुख्य समाचार

नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

काठमाडौँ  । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाउनुभएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफ रहनुभएका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो । 

हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नुहुनेछ । सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ । 

विशेष