मनोरञ्जन

तास खेल्दा रमेश उप्रेतीले ३६ लाख हारेपछि...

तास खेल्दा रमेश उप्रेतीले ३६ लाख हारेपछि...

काठमाडौं । कुनै समयका चर्चित नायक हुन् रमेश उप्रेती । अहिले उनले कम ब्याक गरेको फिल्म ‘एश्वर्य’ यही कात्तिक ९ गतेबाट रिलिज हुँदै छ । तिहार आउँदै गर्दा फिल्मको प्रचारको क्रममा एक अन्तर्वार्तामा अभिनेता रमेश उप्रेतीले जुवा तासबारे यथार्थ घटना सुनाएका छन् ।

उनले भने, ‘एक जमानामा जतिबेला जग्गा जमिन एकदमै सस्तो थियो । त्यतिबेला मैले ३६ लाख रुपैया हारें । त्योबेलामा त्यो पैसाले बुढानिकलकण्ठमा ६ रोपनी जग्गा नै आउँथ्यो । त्यो चिज छुटाउन नै अमेरिका गएँ । मलाई जुवा तासको ठूलो लत नै बसेको थियो । त्यो घटनाले मलाई जीवनमा ठूलो शिक्षा सिकायो । म लडेर पनि पनि उठ्न जाने । जुवा भनेको मेरो लागि टाइम पास हैन । मलाई की जित्नुपर्छ की हार्नुपर्छ । तास खेल्न अहिले पनि रमाइलो लाग्छ । तर त्यसरी खेल्न छोडेको धेरै वर्ष भयो ।

उनी अभिनित तथा निर्मित फिल्म ‘एश्वर्य’ यही कात्तिक ९ गते रिलिज हुँदै छ । फिल्ममा उनी लगायत नव नायिका दीपिका प्रसाईं, प्रसान्त ताम्राकार, केकी अधिकारी लगायतको अभिनय रहेको छ ।

Ramesh Upreti

विशेष