मनोरञ्जन

कसले जलायो गायक पुन्यम प्रधानलाई ? (भिडियोसहित)

कसले जलायो गायक पुन्यम प्रधानलाई ? (भिडियोसहित)

काठमाडौं । गायक पुन्यम प्रधानको ‘जलें जलें’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा अनिल शाहीको संगीत रहेको छ भने नवीन श्रेष्ठको शब्द रहेको छ ।

विश्व प्रधानले निर्देशन गरेकाे गीतमा रिस्ता बस्नेत र निशानको मुख्य भूमिका रहेको छ । पुन्यम कुनै समयको चर्चित ब्याण्ड प्रतिविम्बबाट उदाएका गायक हुन् । बीचमा परिस्थितिवश अमेरिका पुगेका उनी यस गीतमार्फत फेरि नेपाली संगीतमा कमब्याक गरेका हुन् । उनका ‘कहीँ बर्बाद नहोस्’, ‘बिझाउने यादहरु’, ‘दोबाटोमा कुरिबसेको’, ‘नआइदेउ मेरो जीवनमा’ जस्ता गीतहरु हिट रहेका छन् ।

Punyam Pradhan

विशेष