मनोरञ्जन

‘पद्मावती’ मा दीपिकाले लगाइन् २० किलोको लेहेंगा

‘पद्मावती’ मा दीपिकाले लगाइन् २० किलोको लेहेंगा

एजेन्सी । केही दिन अघिमात्र रिलिज भएको फिल्म ‘पद्मावती’ को ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । फिल्ममा दीपिका मात्र नभएर रणभीर सिंह र साहिद कपूरको लुक्सलाई पनि खुब मन पराइएको छ । फिल्ममा रानी पद्मावतीको भूमिकामा रहेकी दीपिकाले लगाएको वस्त्र र गहनाको पनि यतिबेला चौतर्फी तारिफ भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार दिपिकाले यस फिल्ममा लगाएको लेहेंगाको तौल २० किलो हो । यसवाहेक त्यसमा उनले ओढेको सलमात्रै ४ किलोको भएको बताइएको छ । यसवाहेक दीपिकाले आफ्नो पद्मावती लुक्सलाई पूर्णता दिनमात्र ३५ किलो तौलको लुगा तथा गरगहनाले ढाकिएकी छिन् । यसैले गर्दा दीपिकाको लुक्स कुनै राजपूत महारानीको जस्तो देखिएको छ ।

सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘पद्मावती’ आउँदो डिसेम्बर १ मा रिलिज हुँदै छ ।

विशेष