मुख्य समाचार

प्रहरीले नै अपहरण शैलीमा पक्राउ गरी घुस लिनेक्रममा पक्राउ

प्रहरीले नै अपहरण शैलीमा पक्राउ गरी घुस लिनेक्रममा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको प्रकरणमा संलग्न रहेको आरोपमा आज महानगरीय प्रहरी बालाजु वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नवीन कृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

गत असोज ९ गते प्रहरी सहायक निरीक्षक (असई) चन्द्रसिंह भाट रु ५ लाख घुससहित बालाजु प्रहरीको घुमुवास्थित पक्राउ परेका थिए । असई भाटले पक्रउ परेपछि (डिएसपी) पनि यसमा संलग्न रहेको अख्तियारलाई बयान दिए । त्यसलगतै अख्तियारले थप अनुसन्धान गर्यो र (डिएसपी) भण्डारीलाई नियन्त्रणमा अख्तियार स्रोतले जानकरी दियो ।

यस घटनासंग संलग्न अख्तियारले उक्त रकमसहित घुस लिँदै गरेको बेला (असई) चन्द्रसिंह भाट, जवान पुष्कर शाहलाई पक्राउ गरेको थियो । यसै घटनासाग संलग्न दावी गरिएका बिन्दावासिनी बालुवा डिपोका सञ्चालक विनोद थापालाई समेत अख्तियार टालीले नियन्त्रणमा लिएको छ । फरारा रहेका एक हवल्दा मनोज यादव पनि पक्राउ परेका छन् ।

गत असोज ९ गते बालाजु प्रहरीले काठमाडौं धनेश्वरका गंगा देवानलाई अपरहण शैलीमा पक्राउ गरी उनलाई छाड्नका लागि उनकै श्रीमती विनीता देवानसँग २० लाख रकम घुस मागेको थियो । तर, विनीताले ५ लाख मात्र प्रहरीलाई बुझाएकी थिइन् । सोही ५ लाख घुस मागेको प्रकरणमा डिएसपी भण्डारीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

विशेष