इतिहासमा आज

विश्व हात धुने दिवस, यसरी धुनुहोस् हात

विश्व हात धुने दिवस, यसरी धुनुहोस् हात

काठमाडौं । आफ्ना हातहरु सफा राख्नु स्वास्थको हिसाबले एउटा महत्वपूर्ण कदम हो । सफा हातले रोगव्याध लगायत अन्य संक्रमण र किटाणुहरुबाट समेत हामीलाई पर राख्दछ ।

विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंले मृत्यू भोगीसकेको तथ्याङ्कले भन्छ । स्मरण रहोस अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ ।

शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको छ ।

खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानी ले मज्जाले मीचीमीची धुन जरुरी छ ।

विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडापखालाले औसतमा संक्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वस्थपनाको जागरण दिलाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन शुरु गरिएके हो । 

याद गर्नुहोस्, किटाणुहरु सबैतिर छन र हामी यी किटाणुहरुलाई देख्न सक्दैनौं । यि किटाणुहरुले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ ।

नेपालमा पनि नेपाल सरकार स्वास्थ मन्त्रालय अनि अन्य बिभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागीतामा यस दिवस भव्यताकासाथ मनाइन्छ ।

विश्व स्वास्थ संगठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छः

 शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि ।

हात कसरी धुने ?

सर्वप्रथम सफा पानीले हात भिजाउने।

हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।

दुबै हत्केलालाई एकआपसमा दलेर औंलाका कापसम्म साबुन पूर्याउने । 

यसरी धुँदा हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिच्ने ।

यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् ।

धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।

सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।

औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।

सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, किटाणुहरु सबैतिर छन र हामी यी किटाणुहरुलाई देख्न सक्दैनौं । यि किटाणुहरुले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको संक्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरुबाट जोगिनु नै बुद्धिमता होला ।

विशेष