खेल

रियालले गेटाफेलाई हरायो, बार्सा बराबरीमा रोकियो

रियालले गेटाफेलाई हरायो, बार्सा बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस लिग फुटबलमा शनिबार राती रियाल मड्रिड विजयी हुँदा बार्सिलोना भने बराबरीमा रोकिएको छ ।

तालिकाको दोस्रो स्थानमा उक्लिने क्रममा रियाल मड्रिडले गेटाफेलाई २–१ ले हरायो । रियालका लागि क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।

पाँच खेलको प्रतिबन्धपछि हालै मात्र मैदानमा उत्रेका रोनाल्डोले क्लबका लागि निर्णायक गोल गरेका हुन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई भने शनिबार रातीको एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरीमा रोकेको छ ।

एथ्लेटिकोका साउल निग्वेजले पहिलो गोल गरे पनि बार्साका लुइस सुवारेजले खेल सकिन ८ मिनेट बाँकी छँदा बराबरी गोल गरेका हुन् । ला लिगाका अन्य खेलमा एथ्लेटिक बिल्बाओले सेभियालाई १-० ले हराउँदा रियाल सोसिडाडले आलाभेजलाई २–० ले पराजित गर्‍यो ।

विशेष