मुख्य समाचार

आफ्नो काम छोडेर मन्त्रीको पछि किन लाग्नु हुन्छ : प्रमुख आयुक्त यादव

आफ्नो काम छोडेर मन्त्रीको पछि किन लाग्नु हुन्छ  : प्रमुख आयुक्त यादव


काभ्रे । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मन्त्रीहरुबाट आचारसंहिता उल्लघंन हुन सक्ने भन्दै निगरानीको लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

धुलिखेलमा निर्वाचन सामाग्री तथा लेखा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद्को आकार ठूलो भएकाले मन्त्रिहरुबाट जिल्ला जिल्लामा आचारसंहिता उल्लघंन हुन सक्ने दाबी गरे ।

‘मन्त्रिपरिषद्को आकार ठूलो छ, अब मन्त्रीहरु प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न सक्छन् र आफ्नो निर्वाचन क्षेत्र जान्छन,’ प्रमुख आयुक्त यादवले भने, ‘त्यतिबेला सिडिओसाप’हरुको भूमिका हुन्छ, कुनै मन्त्रीको पछि नलाग्नुहोला, तपाईहरु जनताको सिडिओ हो, कुनै पार्टीको सिडिओ हैन ।’

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले मन्त्रिपरिषद विस्तारले निर्वाचन आचारसंहिता उल्लघंन नभएको जिकिर गरे । ‘नेपालमा अस्थिर सरकार छ, धेरैवटा सरकार परिवर्तन भइरहेका छन,’ उनले भने, ‘मन्त्रिपरिषद विस्तारले निर्वाचनको निष्पक्षतामा कुनै असर गरेको छैन ।’

मन्त्रिपरिषद विस्तार राजनीतिक बिषय भएकाले आयोग त्यसमा फस्न नचाहेको उनले बताए । उनले जिल्लाका निर्वाचन अधिकृत, कोष नियन्त्रक र लेखाका कर्मचारीलाई बेरुजु नरहने गरी काम गर्न निर्देशन दिए ।

विशेष