स्वास्थ्य

सिन्धुलीमा जन्मीयो अनौठो बच्चा, जसको टाउको मात्रै तीन किलोको

सिन्धुलीमा जन्मीयो अनौठो बच्चा, जसको टाउको मात्रै तीन किलोको

सिन्धुली । सिन्धुलीमा सोमवार अनौठो मृत बच्चाको जन्म भएको छ । तीनपाटन गाउँपालिका–२ भिमस्थान कदमे निवासी मञ्जु कुमारी मानन्धरले उक्त वच्चालाई जन्म दिएकी हुन ।

करिव ३ किलोको टाउको भएको एक आखाँ नभएको,एक आँखा बाहिर निस्किएको, मुखको माथिल्लो भागको हढि नाकबाट निस्किएको , मुखको भित्री भागमा दुईवटा प्वाल रहेको अनौठो बच्चाको जन्म भएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटण्ड डा। सुमित्रा गौतमले बताइन ।

सामान्यतया गाउँ घरमा हो भने यस्ता बच्चालाई जन्मिदै दाँत पलाएको भन्ने गरिएको भएपनि त्यो दाँत पलाएको नभएर भित्री भागको हाड निस्किएको हो, उनले भनिन । करिव रातको साढे बाह्र «बजे अस्पताल ल्याईकी मानन्धरको केही घण्टा ढिलो मात्र उपचार भएको भएपनि ज्यान जान सक्ने उनले बताइन । जे होस बच्चालाई बचाउन नसकेपनि आमालाई भने बचाउन सकियो, यो नै ठुलो कुराहो गौतमले बताइन् ।

करिव आधा भन्दा बढी बच्चाको शरिर बाहिर निस्किएको अवस्थामा न सल्यक्रिया गर्न सकिन्छ, उनले भनिन । केही समयको प्रयास पछि पनि बच्चा बाहिर निकाल्न नसकेको भए आमाको पाठेघर फुट्ने तथा ज्यान जान सक्नेमा कुनै शंका थिएन, उनले भनिन ।

जोखिम पूर्ण केश भएपनि विरामीका आफन्तको आग्रहमा आफुले जोखिम मोलेर आमाको ज्यान जोगाउन सफल भएको डा। गौतमले बताइन् । मानन्धरको पहिलो सन्तान पनि यस्तै अपाङ्ग जन्मिएको र मृत्यु भएको मानन्धरकी आमा कमलामाई नगरपालिका ४साङवालेकी सिता श्रेष्ठले बताइन् । दोस्रो सन्तानको रुपमा भने उनको छोरी जन्मिएको र छोरी चाहिँ अन्य बच्चा जस्तै सामान्य रहेको श्रेष्ठले बताइन् ।

हाल जन्मिएको शिशु मानन्धको तेस्रो सन्तान हो । मानन्धरका श्रीमान राजकुमार मानन्धर भने वैदेशिक रोजगारीमा गएको उनले बताइन् ।

विशेष