मनोरञ्जन

रेस थ्रीमा बबी देवलले ज्याकलिनसँग मस्ती गर्ने

रेस थ्रीमा बबी देवलले ज्याकलिनसँग मस्ती गर्ने

एजेन्सी । बलिउड अभिनेता बबि देवल अहिले बलिउड सुपरस्टार सलमान खानको नयाँ एक्सन थ्रिलर फिल्म ‘रेस ३’ मा अनुवन्धित भएका छन् ।

बबीको करिअर यतिबेला निकै संकटमा परेको छ । लामो अन्तरालपछि फिल्म ‘पोष्टर व्वाईज’ बाट अभिनयमा हात हालेको फिल्मले बक्स अफिसमा सफलता हात पर्न सकेन ।

बबीले आफ्नो ट्विट्मार्फत यस विषयका बारेमा औपचारिक रुपमा जानकारी दिँदै ‘रेस ३’टीमसँग काम गर्न पाउँदा निकै खुसी महशुस गरेको बताउदै ट्वीट् गरेका छन् । टिप्स इन्डस्ट्रीज लिमिटेडको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्माता रमेश तौरानी हुन् ।

ट्विट्मार्फत बबीलाई फिल्मको टीममा स्वागत गरेका तौरानीले ट्विट् गर्दै लेखे, ‘बबी देओल हाम्रो परिवारमा तिमीलाई स्वागत छ । सलमान खान, ज्याकलीन फर्नाडीज । ‘रेस ३’ ईद २०१८ ।’

चर्चित कोरियोग्राफर तथा फिल्म निर्माता रेमो डीसूजा ‘रेस ३’ का निर्देशन मा करिब ३ सय करोडको बजेटमा निर्माण हुन लागेको अनुमान गर्न सकिन्छ । पछिल्लो १० वर्षदेखि कुनै पनि हिट फिल्म दिन नसकेका बबी फिल्म नपाएर डिप्रेसनमा पनि पुगेका थिए । बबि देवललाई ‘रेस ३’बाट चिठ्ठा परेको छ ।

विशेष