खेल

फिफा वरियताः नेपाल १ स्थान तल झर्दै १७६ औं स्थानमा

फिफा वरियताः नेपाल १ स्थान तल झर्दै १७६ औं स्थानमा

फिफा वरियतामा नेपाल १ स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले सोमबार सार्वजनिक गरेको वरियतामा १७५ औं स्थानमा रहेको नेपाल एक स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको हो ।

दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा छ । भारत फिफा वरियताको १०५ औं स्थानमा तथा दक्षिण एसियाको पहिलो स्थानमा रहेको छ । त्यस्तै अफगानिस्तान १५४ औं स्थान तथा माल्दिभ्स १५६ औं स्थानमा रहेको छ ।

भुटान भने १६ स्थान तल झर्दै १९० औं स्थानमा पुगेको छ । १९६ औं स्थानमा बंगलादेश रहँदा १९८ औं स्थानमा श्रीलंका रहेको छ । केही दिनअघि मात्रै फिफाको निलम्बनमा परेको पाकिस्तान भने २०१ औं स्थानमा छ ।

फिफा वरियताको शीर्ष स्थानमा विश्व विजेता जर्मनी रहेको छ । त्यस्तै दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाचौँ स्थानमा बेल्जियम रहन सफल भएको छ ।

यता, छैठौँ स्थानमा पोल्याण्ड रहँदा एक स्थान माथि उक्लिँदै फ्रान्स सातौँ स्थानमा पुगेको छ । तीन स्थान माथि चढेको स्पेन आठौँ स्थानमा, नवौँ स्थानमा चिली र १० औँ स्थानमा पेरु पर्न सफल भएको छ ।

 

nepal

विशेष