खेल

खेल्दै नखेली नेपाल र हङकङले एक एक अंक बाँडे, यस्तो छ कारण

खेल्दै नखेली नेपाल र हङकङले एक एक अंक बाँडे, यस्तो छ कारण

काठमाडौं । हङकङमा फेरि बर्षा सुरु भएपछि नेपाल र घरेलु टोलीबीच आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल रद्द भएको छ ।

सामुद्रिक आँधी (टाईफुन ८) का कारण आइतबारका लागि तय खेल आजको लागि सारिएको थियो । तर, हिजो र आज पटक पटक वर्षाका कारण खेल रद्द भएको छ । दुवै टोलीले समान १ अंक पाएका छन् ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोलिसँग ८३ रनले पराजित भएको थियो । हारसँगै नेपालको विश्वकप छनोटमा पुग्ने सम्भावना कमजोर भएको छ । अर्को वर्ष हुने विश्व कप छनोटमा पुग्नका लागि हङकङसँगको खेल महत्वपूर्ण थियो । छनोटमा पुग्नका लागि अंक तालिकाको शीर्ष ४ मा पर्नुपर्ने हुन्छ ।

अब बाँकी तीन खेलमा नेपालले आफुले जितेर मात्र पुग्ने छैन अन्य खेलमा पनि आफु अनुकुलको नजिता निस्कनु पर्ने हुन्छ । च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणमा नेपालले युएईसँग डिसेम्बरमा उसैको मैदानमा खेल्दैछ ।

च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई स्थान माथि चौथो स्थानमा उक्लेको छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ७ खेलमा पराजित हुँदै ८ अंक छ । हङकङको १० खेलबाट १३ अंक छ । तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । स्कटल्यान्ड तेस्रो र केन्या चौथो स्थानमा छ ।

विशेष