मनोरञ्जन

रहेनन् टण्डन, जसले शाहरुख खानलाई पर्दामा ल्याए

रहेनन् टण्डन, जसले शाहरुख खानलाई पर्दामा ल्याए


एजेन्सी । बलिउडका लोकप्रिय अभिनेता तथा निर्देशक लेख टण्डनको आइतबार साँझ मुम्बईको पवईस्थित आफ्नै निवासमा ८८ वर्षको उमेरमा निधन भएको छ ।

किङ खान शाहरुख खानलाई पहिलोपटक टिभी सिरियल दिल दरियामा ब्रेक दिएका टण्डन विगत केही महिनादेखि अस्वस्थ थिए ।

फिल्म आम्रपालीबाट निर्देशनमा हात हालेका टण्डनको पहिलो फिल्म नै सन् १९६७ को ओस्कार अवार्डसम्म पुगेको थियो । उक्त फिल्म बेस्ट फरेन फिल्मको विधामा ३९औं संस्करणमा मनोनयनमा परेको थियो। फिल्म दुल्हन वही जो पिया मन भाएको लागि सन् १९७८ को फिल्म फेयर अवार्डबाट निर्देशक लेख टण्डनलाई सम्मान गरिएको थियो।

आफ्नो फिल्मी करियरमा शाहरुख खान, सम्मी कपुर, आमिर खानजस्ता अभिनेतासँग काम गरेका निर्देशक टण्डनले फिल्म स्वदेश, रंग दे वसन्ती, चेन्नई एक्सप्रेसलगायतमा पनि अभिनय गरेका थिए ।

विशेष