मनोरञ्जन

यी स्टारको दोस्रो विवाह पनि टुट्ने नै भयो

यी स्टारको दोस्रो विवाह पनि टुट्ने नै भयो


एजेन्सी । भारतीय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘बिग बोस’ को प्रथम संस्करणकी विजेता तथा टेलिभिजन स्टार श्वेता तिवारीको पहिलो विहे अल्पायूमै टुटेका थियो । अहिले उनको दोस्रो विहे पनि टुट्ने संघारमा पुगेको छ ।

श्वेताले सन् २०१३ मा अभिनव कोहलीसँग दोस्रो विहे गरेकी थिइन् । अघिल्लो वर्ष मात्रै उनले छोरा जन्माएकी थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार श्वेता र अभिनवबिच अहिले खटपट चलिरहेको छ । उनीहरुबीच एक अर्काको करिअरलाई लिएर दिनदिनै गम्भीर बहस र विवाद हुने गरेको छ । श्वेताले हासिल गरेको सफलताबाट अभिनव भित्रभित्रै जलिरहेको बताइन्छ ।

स्मरणीय के छ भने श्वेता र अभिनव बिग बोसको सेटमा भेट भएका थिए । उनीहरुबिच बिहेअघि ३ वर्षसम्म चक्कर चलेको थियो । त्यसभन्दा अघि श्वेताले राजा चौधरीसँग बिहे गरेकी थिइन् । बिहेको नौ वर्षपछि २००७ मा उनीहरुले सम्वन्धविच्छेद गरेका थिए ।

श्वेताले आरोप लगाएकी थिइन् कि राजाले उनीमाथि कुटपिट गर्ने गरेका थिए । उनीहरुबाट एक छोरी पलक तिवारी पनि छिन् ।

विशेष