मनोरञ्जन

पूर्व पत्नी रेखाको फिल्म हेर्न हलमा पुगे प्रमिकाका साथ छबी ओझा

पूर्व पत्नी रेखाको फिल्म हेर्न हलमा पुगे प्रमिकाका साथ छबी ओझा


काठमाडौं । निर्माता छबीराज ओझा आफ्नी प्रमिकाका साथ पूर्व पत्नी रेखा थापाको फिल्म हेर्न कुमारी हल पुगेका छन् ।

सोमबार कुमारी चलचित्र भवन कमलपोखरीमा आयोजित ‘रुद्रप्रिया’को प्रिमिएर छबि शिल्पा सहित पुगेका हुन् । निर्धारित समयमै पुगेका छबि र शिल्पाले कार्यक्रममा रेखासँग समेत तस्बिर समेत खिचाएका छन् । रेखा अलग्गिए पछि छबिले आफ्नो प्रोडक्सनमा शिल्पा भित्र्याएका हुन् ।

धेरैले शिल्पालाई अर्की रेखा पनि भन्ने गरेका छन् । कार्यक्रममा रेखासँग तस्बिर खिचाउन शिल्पाले केही संकोच समेत मानेकी थिइन् । छबि भने घरी रेखासँग र घरी शिल्पासँग देखिन्थे । कार्यक्रममा छबि यताउती लाग्दा शिल्पा एक्लै देखिन्थिन् ।

२ कात्तिक लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमिएरमा अभिनेता आर्यन सिग्देल भने केही ढिलो पुगेका देखिए । कार्यक्रममा उनको उपस्थितीमा दर्शकको खासै चाम देखिएन ।

प्रिमिएरमा चलचित्र युनिट रेखा आर्यनको अलवा राजन इशानसँगै निर्देशक सुदिप भुपाल सिंह र कार्यकारी निर्माता रमेश एमके पौडेलको पनि उपस्थिती थियो ।

विशेष