मनोरञ्जन

यसकारण सम्बन्ध विच्छेद गरे यी नायीकाले

यसकारण सम्बन्ध विच्छेद गरे यी नायीकाले

काठमाडौं । बलिउड र हलिउड जस्तै कलिउडमा पनि प्रेम, बिछोड र सम्बन्ध बिच्छेदका घटनाहरु घट्ने गर्छन् । कलाकारहरु कसैको दवावमा बस्न नसक्ने र आफ्नो करियरलाई दाउमा राखेर घरबारमा अल्झीन नसक्ने अडानका कारण धेरैले सम्बन्ध बिच्छेद गर्छन् । कसैले मानसिक यातनाका कारण त कसैले मन नमिलेर सम्बन्धबिच्छेद गरिरहेका हुन्छन् ।

नेपाली सेलिब्रिटीहरु जसले आफ्नो श्रीमान्संग सम्बन्धविच्छेद गरेः

१. रेखा थापाः
आफु भन्दा झण्डै २० वर्ष जेठा निर्माता छवि राज ओझासँग सानै उमेरमा रेखाले विवाह गरेकी थिइन् । विवाह गर्ने बेलामा रेखा थापाको उमेर पुगेकै थिएन । स्पस्ट छ उनले लहलहैमा आएर निर्माता ओझासँग लगनगाँठो कसेकी थिइन् । अर्कोतीर छविराज ओझाको पहिलेनै विवाह भैसकेको थियो । रेखालाई नेपाली सिनेमामा स्थापित गराईसकेपछि विवाहको झण्डै १० वर्ष पछि सन्तान जन्माउने विषयलाई लिएर सुरु भएको मतभेद सम्बन्धबिच्छेदमा आएर टुंगीयो । तर रेखा थापाका अनुसार उमेर पनि नमिलेकाले मन पनि नमिल्दै गएको कारण सम्बन्धमा बस्न नसकेपछि भद्रसहमतीमा यो जोडी छुटेको हो । अहिलेपनि उनीहरु असल साथी भएको दावा गर्छन् ।

२. अन्जु पन्तः
चर्चीत गायीका अञ्जु पन्तले एकसमयका प्रतिष्ठित म्युजीक कम्पोजर मनोज सेवासँग बिवाह गरेकी थिइन् । उनीहरुकी एक छोरी पनि छिन् । विशेष गरी मनोजले अन्जुलाई चरीत्रमा दाग देखाउन थालेपछि मनमुटाव सुरु भयो । मनोजले शारीरीक रुपमै अन्जुलाई दुख दिएको कुरा अदालतमा बयान गरेकी थिइन् । कन्सर्ट लागी अमेरीका उड्ने क्रममा मनोजले अन्जुको औँलानै भाचीदिएका थिए भन्ने हल्ला पनि चलेको थियो । सार्वजनीक स्थलमै कुटपिट गर्ने गरेका कारण तनाव अझै बढ्यो । यतिसम्मकी मनोजले छोरी समेत अर्कैको हो भनेपछि असह्य भएर अन्जुले सम्बन्धविच्छेदको फायल दर्ता गरेकी थिइन् ।

३. संचीता लुईटेल: 
संचीता लुँईटेलले आकाश शाहीसँग विवाह गरेकी थिईन् । पारिवारिक अमेलका कारण यि दुई बिचको सम्बन्धमा खटपट सुरु भयो र अन्त्यमा दुबैले सम्बन्ध बिच्छेद गरे । पछि निखील उप्रेतीसँग दोश्रो बिवाह गरेका उनीहरुका दुईसन्तान छन् । निखीलले आप्mनी पहिली श्रीमतीसँग सम्बन्धविच्छेद अझैसम्म गरेका छैनन् ।

४. प्रियंका कार्की: 
अहिलेकी ‘हट केक’ प्रियंका कार्कीले पनि पहिले अमेरीकामा बसोबास गर्ने रोचक मैनालीसँग प्रेम बिवाह गरेकी थिईन् । रोचकले घरबारमा सिमित हुन भनेपछि प्रियंकाले करीयर रोजेर सम्बन्धबिच्छेद गरेकी थिईन् । प्रियंकालाई सम्बन्ध विच्छेद भने फापेकै छ । रोचकले अमेरीकामै अर्की श्रीमती भित्राएपछि यता प्रियंकाले पनि नायक तथा मोडेल आयुश्मान जोशीलाई आफ्नो प्रेमी बनाएकी छन् ।

रोचकले अमेरीकामा बिवाह गरेको खवर पाएर प्रियंका चलचित्रको सुटींगमै बेहोस भएको हल्ला नेपाली सिने वृतमा फैलिएको थियो ।

kollywood divorce

विशेष