समाज

डोटीमा बस ठोक्किँदा दुईको मृत्यु

डोटीमा बस ठोक्किँदा दुईको मृत्यु

भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुवाहक बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको ना ४ ख ६८५६ र भीमदत्तनगरबाट बैतडी जाँदै गरेको ना ५ ख ६०८१ नंको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी देहिमाण्डौँं बैतडीकी द्रौपदी भण्डारी र पर्शुराम नगरपालिकाका विक्रम बोहरा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २४ यात्रुलाई उपचारका लागि धनगढी पठाइएको प्रहरी सहायक निरीक्षक गणेशबहादुर चन्दले जानकारी दिए ।

doti

विशेष