दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारलाई रु ५० हजार सहयोग
पोखरा । गण्डकी मझौला मिनी ट्रक सञ्चालक समिति पोखराले सवारी दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारलाई रु ५० हजार सहयोग गरेको छ ।
स्याङ्जा दरौँ घर भएका शेषकान्त अधिकारीको गत भदौ १४ गते पोखरा–लेखनाथ महानगरपालिकाको बुढीबजारमा भएको दुर्घटनामा मृत्यु भएको थियो ।
ग१ख ३६०९ नं. को आफैँले चलाएको ट्रकलाई विपरीत दिशाबाट आएको ना६ख २३८० नंको ट्रकले सडकमा परेको खाल्टो छल्न खोज्दा शेषकान्तले चलाएको ट्रकमा ठोक्किएर उनीको स्टेरिङमै च्यापिएर मृत्यु भएको थियो ।
समितिका अध्यक्ष दयाराम भारतीले मृतक चालककी श्रीमती भगवती अधिकारीलाई आज एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरेका हुन् । मृतकका श्रीमती र दुई नाबालक छोरा छन् ।
help