मनोरञ्जन

मृत्युको मुखबाट बचिन बिद्या वालन

मृत्युको मुखबाट बचिन बिद्या वालन

काठमाडौं । अभिनेत्री बिद्या वालन कसो मृत्युबाट जोगिइन् । हालै बान्द्रा क्षेत्रमा उनको कारलाई अर्को कारले पछाडिबाट टक्कर दियो । बिद्या कारको पछाडि बसेकी थिइन् । पछाडिको कारले टक्कर दिएपछि बिद्या सवार कार पुरै ड्यामेज भयो । तर, भाग्यबस् बिद्या बचिन् । उनलाई चोटपटक समेत लागेन ।

बिद्या यतिबेला ‘तुम्हारी सुलु’ फिल्मको प्रमोसनमा व्यस्त छिन् । उनको यो फिल्म २४ नोभेम्बरमा सार्वजनिक हुँदैछ । बिद्याले फिल्ममा नाइट रेडियो जक्कीका भूमिका निर्वाह गरेकी छिन् । यसअघि लगे रहो मुन्ना भाईमा रेडियो जक्की बनेकी थिइन् । 

विशेष