इतिहासमा आज

आज धन्वन्तरी दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

आज धन्वन्तरी दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौं । आज धन्वन्तरी दिवस चिकित्सा विज्ञानका पिता धन्वन्तरीको सम्झानविभिन्न कार्यक्रम गरी मनाइदै छ ।

भगवान विष्णुको अशंको रुपमा लिइने धनवन्तरीको सम्झना प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन विभिन्न कार्यक्रम गरिन्छ । आयुर्वेद चिकित्सा पद्घतिका ज्ञाताका रुपमा लिइने धनवन्तरीलाई चिकित्सा विज्ञानका पिताको रुपमा पनि लिने गरिन्छ ।

यही अवसरमा आज स्वास्थ्य मन्त्रालय अन्र्तगतको आर्युवेद विभाग र राजधानीको सिंहदरवार वैद्यखानाले विशेष कार्यक्रम आयोजना गरेको छ । विश्वकै जेठो चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा यो दिवस मनाउने गरिन्छ । देवता तथा दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगले ग्रस्त व्यक्तिको रोग निवारणका लागि अमृत कलश लिएर भगवान धन्वन्तरीको उत्पत्ति भएको विश्वास गरिन्छ ।

धनवन्तरी जयन्तीलाई आयुर्वेदका चिकित्सकहरुले शुभ सङकल्प तथा शुभकार्य गर्ने दिनका रुपमा लिने गरेका छन् । विक्रम सम्वत १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस नरदेवी स्थापना भएदेखि नेपालमा धन्वन्तरी जयन्ती तथा आयुर्वेद दिवस मनाउन थालिएको हो । मौलिक चिकित्सा पद्धतिका रुपमा आर्युवेद चिकित्सा पद्दतिलाई लिइन्छ ।

विशेष