समाज

आज काग तिहार, यस्तो छ कागको महत्व

आज काग तिहार, यस्तो छ कागको महत्व


कार्तिक कृष्ण त्रयोदशीका दिन मङ्गलबारदेखि तिहार पर्व सुरु भएको छ । यमपञ्चकको पहिलो दिन कागलाई परिकार भोजन गराएर कागको पूजा गरिँदैछ । कागपूजादेखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता छ ।

कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिन संस्मरण गरिन्छ । कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ । कागलाई भोजन गराउँदा भोजन सीधै पितृले पाउँछन् भन्ने ज्योतिषीय मान्यता रहेको डा. सुनिल सिटौला बताउनुहुन्छ । डा. सिटौलाका अनुसार पूजाका दिनबाहेक अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ तृप्त हुन्छन् ।

निकै चतुर पक्षीका रूपमा कागलाई लिइन्छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती परेकाले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा अर्चना गरेर मनाइँदैछ । यसै दिन मुलुकभर आरोग्य दिवस मनाउने गरिएको छ । बाग्मती अञ्चल आयुर्वेद औषधालयले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा पूजा आयोजना गरेको छ ।

विशेष