समाज

दशैको एघारौं दिन, एकादशी अर्थात टीकाको दोस्रो दिन

दशैको एघारौं दिन, एकादशी अर्थात टीकाको दोस्रो दिन

काठमाडौं । आज एकादशी तिथी । गाउँघर सँगै शहर बजारमा पनि चहल पहल बढेको छ । आज पनि आफन्तको घरमा गई आफू भन्दा ठूलाका हातबाट टीका थाप्न जानेको विहानैदेखि भिडभाड छ ।

दसैंका बेलामा सार्वजनिक गाडी धेरै नचेलेकाले हिँडेरै भए पनि आफन्तकोमा टीका थाप्न विहानैदेखि हिडेका छन् । फूलपाती पछि केही सुनसुना जस्तै बनेको काठमाडौंमा हिजो दसैंको टीकादेखि चहलपहल बढेको छ । हिजो टीका लगाएकाहरु अब विस्तारै काठमाडौं फर्कने क्रम पनि सुरु भएको छ । हिजो दसैँ मान्यजनबाट टीका, जमरा लगाएर हर्षोल्लासका साथ मनाइएको छ ।

हिजो टीका लगाउन छुटेकाहरुले दसैको पूर्णिमासम्मनै आफन्त र मान्यजनको हातबाट टिका लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा दसैँमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ । आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

विशेष