खेल

एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार


काठमाडौं । ईरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को फराकिलो गोलअन्तरले पराजित नेपाल हिजो भएको दोस्रो खेलमा किर्गिस्तानसँग ५–० ले पराजित भएका हो ।

पोउर शरिफ फुटसल हलमा भएको खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खायो । लगातार दुई खेलमा हार बेहोरेपछि समूह ‘ए’ मा नेपाल अंकबिहीन हुँदै पुछारमा छ ।

दुवै खेलमा जित हात पारेको किर्गिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ । एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले आज तुर्कमिनिस्तानसँग खेल्नेछ ।

समूहका शीर्ष दुई टिम सन् २०१८ मा चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनोट हुने छन् ।

विशेष