मनोरञ्जन

विद्या बालनका प्रेमी उनकै बहिनीसँग डेटिङ गएपछि...

विद्या बालनका प्रेमी उनकै बहिनीसँग डेटिङ गएपछि...

एजेन्सी । बलिउड कलाकारहरूको प्रेम र जीवनका विभिन्न घटनाले निकै चर्चा पाउने गरेको छ। यसैबीच बलिउड नायिका विद्या बालनले आफ्नो प्रेमजीवन बारेमा अहिलेसम्म बाहिर नआएको कुराको खुलासा गरेकी छिन्।

हाल उनी आफ्नो आउनेवाला फिल्म तुम्हारी सुलुको प्रमोसनमा व्यस्त छिन् । प्रमोसनकै क्रममा उनले एक भारतीय टेलिभिजन शोमा दिएको एक अन्तर्वार्तामा आफ्नो प्रेमको बारेमा खुलासा गरेकी हुन् । भारतीय अनलाइनले जनाएअनुसार विद्याले उक्त अन्तर्वार्तामा आफूले जीवनमा साँचो प्रेम गरेको युवकले वास्तवमा आफ्नी बहिनीलाई प्रेम गरेको बताएकी छिन् । ‘जसलाई म प्रेम गर्थें, उसले मेरो बहिनीलाई प्रेम गथ्र्यो । त्यो समय उनीहरू डेटिङ पनि जाने गरेको मैले थाहा पाएँ । पछि मैले आफ्नो प्रेमको गला रेटेको थिएँ । त्यसपछि म आफूलाई शहीद जस्तो महसुस गर्थें ।’ 

विशेष