मनोरञ्जन

बिग बोसमा ढिंचक पूजालाई वाइल्ड कार्ड

बिग बोसमा ढिंचक पूजालाई वाइल्ड कार्ड

एजेन्सी । केही समयअघि सामाजिक सञ्जालमा अत्याधिक चर्चामा आएकी थिइन् भारतकी ढिंचक पूजा । उनले सामाजिक सञ्जालमा तहल्का नै मच्चाएकी थिइन् ।
‘बिग बोस ११’ को दुई हप्तामा चारजना कन्टेस्टेन्ट निक्लीसकेका छन् । यसअर्थमा वाइल्ड कार्ड इन्ट्री पनि हुन सक्ने अनुमान लगाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, सोमा ढिंचक पूजा वाइल्ड कार्ड इन्ट्रीमा सामेल हुन सक्ने बताइएको छ । सोका मेकर्सहरुले ढिंचक पूजासँग पहिला नै बिग बोसमा आउन भनेका थिए । तर, पूजाले अलि बढि रकमको डिमान्ड गरेका कारण कुरा अघि बढ्न सकेको थिएन ।

पूजा सोमा आउन राजी भइसकेकी छिन् । आगामी शुक्रबारको सोमा आउन सक्ने बताइएको छ । दिल्लीकी ढिंचक पूजा युटुब ब्लगर हुन् । उनले ‘सेल्फी मेने लेली आज’, ‘दिलो का स्कुटर’, ‘बाबु देदे थोडा कैस’ जस्ता गीत गाएर युटुबमा चर्चा कमाएकी थिइन् ।

विशेष