मनोरञ्जन

रणवीरसँग बसेर चुरोट पिएको आलोचनापछि बोलिन् माहिरा

रणवीरसँग बसेर चुरोट पिएको आलोचनापछि बोलिन् माहिरा

एजेन्सी । केही दिन पहिला बलिउड अभिनेता रणवीर कपूर र पाकिस्तानी नायिका माहिरा खानले सँगै चुरोट सेवन गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो । रनवीरसँगै सेतो रङको ‘व्याकलेस’ कपडा लगाएकी माहिराको ढाडमा ‘लभ बाइट’ देखिएको थियो ।

उनीहरुको उक्त फोटोबारे सामाजिक सञ्जालमा निकै आलोचना भएपछि माहिराले यस विवादबारे मुख खोलेकी छिन् । उनले भनिन्, ‘एकजना केटा र केटी ह्यांगआउट गर्नु भनेको एकदम सामान्य कुरा हो । मलाई यो कुराबाट पाठ पनि मिल्यो ।’

माहिराले आफ्नो आउँदो फिल्म ‘विराना’ को ट्रेलर लन्चको दिन मिडियासँग यसबारे कुराकानी गरेकी थिइन् । रणवीरसँग चुरोट पिएको कुरामा उनले भनिन्, ‘यसबारे म के कमेन्ट दिऊँ ? यो व्यक्तिगत कुरा हो र यसबाट मैले पाठ पनि सिक्न पाएँ ।’

जुलाई २०१७ मा रणवीर र माहिरा न्युयोर्क पुगेका थिए । रणवीर सञ्जय दत्तको बायोपिकको सुटिङका लागि पुगेका थिए भने माहिरा रणवीरलाई भेट्न गएकी थिइन् । त्यही समय उनीहरुको चुरोट पिउँदै गरेको फोटो भाइरल भएको थियो ।

शाहरुख खानसँग फिल्म ‘रइस’ बाट बलिउडमा डेब्यु गरेकी माहिरा डिभोर्सीमात्र होइनन् । उनी एक छोरा अलाजनकी आमा पनि हुन् ।

Mahira Khan

विशेष