Technology

तिहार र छठका लागी टेलिकमको छुटै छुट प्याकेज

तिहार र छठका लागी टेलिकमको छुटै छुट प्याकेज

काठमाडौँ । नेपाल टेलिकमले हिन्दुहरुको दोस्रो महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ ।

टेलिकमले जिएसएम र सिडिएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ । सो योजना बुधबार देखि शुक्रबार सम्म उपलब्ध हुने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यस्तै टेलिकमकै नेटवर्क भित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिइनेछ । युट्यूब डाटा प्याकमा पनि छुट दिइने भएको छ । १०० मा एक जिबी डाटा उपलब्ध गराइनेछ ।

यो प्याकेज २१ दिनको अवधि सम्म प्रयोग गर्न सकिन्छ । यस्तै ६० रुपैयाँमा ५०० एमबी डाटा भोल्यूम प्राप्त हुने र त्यसको अवधि १४ दिनको हुने टेलिकमले जनाएको छ । यस्तै १० रुपैयाँमा ११ मिनेट आफ्नै नेटवर्कभित्र कुराकानी गर्न सकिने र आधारभूत एवं सिडिएमए नेटवर्क भित्र २०० मा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइएकोमा कात्तिक महिनाभर १०० स्थानीय कल थप गरी मासिक महशुलमा २७५ कल निःशुल्क उपलब्ध गराइने छ । कात्तिक महिनाभर फोरजी सिम निःशुल्क परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।

गोरखापत्रबाट

विशेष