मुख्य समाचार

कांग्रेसले टुंगो लगायो ७ जिल्लामा उम्मेदवार (नामावलीसहित)

कांग्रेसले टुंगो लगायो ७ जिल्लामा उम्मेदवार (नामावलीसहित)

काठमाडौँ ।  नेपाली काँग्रेस संसदीय समितिको हिजो बसेको बैठकले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकले आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको हो । सो बैठकले ताप्लेजुङ जिल्लामा प्रतिनिधिसभाका लागि केशवप्रसाद दाहाल तथा प्रदेशसभाका लागि लीलादेवी बोखिम (क) र दीपेन्द्रकुमार सेन्दाङ (ख), पाँचथर जिल्लामा प्रतिनिधिसभाका लागि भीष्मराज आङ्दम्बे तथा प्रदेशसभाका लागि नरेन्द्रकुमार केरुङ (क) र सुरेन्द्र दाहाल (ख) हुनुहुन्छ ।

यसैगरी सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि बलबहादुर केसी तथा प्रदेशसभाका लागि प्रकाशसिंह कार्की (क) र आङगेलु शेर्पा (ख), खोटाङमा प्रतिनिधिसभाका लागि सरस्वती बजीमय तथा प्रदेशसभाका लागि सुभाषकुमार पोखरेल (क) र विष्णुकुमार राई (ख) एवं मनाङमा प्रतिनिधिसभाका लागि टेकबहादुर गुरुङ तथा प्रदेशसभाका लागि चिन्ताबहादुर घले (क) र कर्मा गुरुङ (ख) हुनुहुन्छ । त्यस्तै हुम्लामा प्रतिनिधिसभाका लागि मंगल शाही तथा प्रदेशसभाका लागि ठानबहादुर रोकाय (क) र जीवनबहादुर शाही (ख) र जाजरकोटमा प्रतिनिधिसभाका लागि राजीवविक्रम शाह तथा प्रदेशसभाका लागि वेदराज सिंह (क) र दीपकजंग शाह (ख) उम्मेदवार छनोट हुनुभएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी दिए ।

विशेष