मनोरञ्जन

नायिका नीता अब छाउगोठमा बस्ने

नायिका नीता अब छाउगोठमा बस्ने

काठमाडौं । पछिल्लो समय खासै सिनेमामा नदेखिएकी नीता पचास छाउपडी कथामा आधारित ‘छाउपडी’ सिनेमामा देखिँदैछिन् ।

१७ फागुनबाट प्रदर्शनमा आउने यस सिनेमाले पुरानो संस्कृति झल्काउने ग्रामीण परिवेशको उजागर गरेको छ । ‘किसान’ नामक सिनेमाबाट सिनेक्षेत्रमा भित्रिएकी उनका सिनेमाले बक्स अफिसमा खासै तहल्का नमच्चाए पनि उनी बोल्ड शरीर, सुन्दर अनुहारका कारण भने प्रायः चर्चामा आइरहन्छिन् ।

पश्चिम नेपालमा रजश्वला हुँदा छाउगोठमा बस्नुपर्ने यथार्थ सिनेमाले उतारेको छ । सिनेमामा उनलाई छाउगोठमा बस्न विवश केटीको रूपमा देखाइएको छ ।

विशेष