खेल

मेसी बन्दै तेस्रो सन्तानका पिता

मेसी बन्दै तेस्रो सन्तानका पिता


एजेन्सी । अर्जेन्टिनाका स्टाइकर लिओनल मेसी तेस्रो बच्चाको बुवा बन्दैछन् । यस कुराको खुलासा उनकै श्रीमती आन्टोनेला रोक्युजोले गरेकी छिन् ।

विश्वकपमा आफ्नो देशलाई छनोट गराउन यसै साता इक्वेडर विरुद्ध ह्याट्रिक गोल गरेका मेसी स्पेन फर्किएपछि आन्टोनेलाले आफ्नो श्रीमानलाई खुसीको खबर दिएकी हुन् । यी दुईबाट पहिले नै दुई सन्तान छन् ।

जेठो छोरा थियागो ४ वर्ष पुगिसकेका छन् भने अर्को छोरा माटियोको उमेर २ वर्ष छ ।

तेस्रो बच्चा छोरा वा छोरी हुने खुलाइएको छैन् । तर, मेसीले रोक्युजोको पेटमा रहेको आफ्नो सन्तानलाई सुमसुमाएको फोटो पोस्ट गरेका छन् ।

विशेष