मनोरञ्जन

यस्ता भए बलिउड कलाकार कादर खान, बोल्न पनि सक्दैनन्

यस्ता भए बलिउड कलाकार कादर खान, बोल्न पनि सक्दैनन्

एजेन्सी । बलिउडमा भिन्न भिन्न भूमिकामा देखिने कादर खान अहिले कसैको सहारा बिना हिडडुल गर्न सक्दैनन् । उनी अहिले क्यानडामा छोरा बुहारीसँग बस्छन् । उनलाई अहिले बोल्न पनि समस्या रहेको छ ।

उनी बुहारी र छोरा सरफराजको कुरामात्र बुझ्न सक्ने उनले बताए । कादर खानले सबैलाई चिन्ने उनले बताएकी छिन् । कादर खान ७९ वर्ष भएका छन् । शाइस्ताका अनुसार उनी आफ्नी दुई छोरी साइमा र हम्जासँग मिलेर उनलाई एक बच्चालाई जसरी हेरबिचार गरिरहेकी छिन् ताकि उनलाई कुनै प्रकारको असुविधा नहोस् ।

कादर खानले आफ्नो करियरको सुरुवात सन् १९७२ मा रिलिज भएको फिल्म ‘दाग’ बाट गरेका थिए । उनी अन्तिम पटक सन् २०१५ मा रिलिज भएको फिल्म ‘हो गया दिमागका दही’ मा देखिएका थिए ।

विशेष