खेल

लिभरपुलको शानदार जीत, रियाल बराबरीमै रोकियो

लिभरपुलको शानदार जीत, रियाल बराबरीमै रोकियो

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा इङ्लिस क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।
टोटनह्याम हट्सपरले भने रियल मड्रिडसँग १–१ गोलको बराबरी खेलेको छ । स्पेनिस क्लब रियाल मड्रिडको मैदानमा भएको खेलमा रियाल मड्रिडका राफेल भारानेले आत्माघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो ।

तर रियालका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत एक गोल फर्काउँदै खेल बराबरी गरे । च्याम्पियन्स लिग अन्र्तगत गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले ईटालीको नापोलीलाई २–१ ले हराएको छ ।

यसैगरी अर्को इङ्लिस क्लब लिभरपुलले स्लोभेनियाको एनके मारिबोरलाई ७–० ले पाखा लगायो । च्याम्पियन्स लिग फुटबलकै अन्य खेलहरुमा रुसको स्पार्टा मस्कोले स्पेनको सेभियालाई ५–१ ले हराउँदा टर्कीको बेसिक्तासले फ्रान्सको मोनाकोलाई २–१ ले पाखा लगायो ।

यसैगरी जर्मनीको आरबी लेप्जीगले पोर्चुगलको एफसी पोर्टोलाई ३–२ ले हराउँदा युक्रेनको शख्तरले नेदरल्याण्ड्सको फेयनुर्डलाई २–१ ले पराजित गर्यो । जर्मनीको बोरुसिया डर्टमण्डले साईप्रसको अपोईल निकोसियासँग १–१ गोलको बराबरी खेलेको छ ।

विशेष