मनोरञ्जन

दीपीका भन्छिन् रोमान्टिक रिलेसन नै सबै भन्दा मुस्किल हुन्छ

दीपीका भन्छिन् रोमान्टिक रिलेसन नै सबै भन्दा मुस्किल हुन्छ


एजेन्सी । बलिउड अभिनेत्री हेमा मालिनीको जन्मदिनको अवसर पारेर उनको बायोग्राफी लन्च गरिएको छ । ‘बियोन्ड द ड्रिम गर्ल’ नाम गरेको उक्त किताब राज कमल मुखर्जीले लेखेका हुन् । उक्त किताबलाई नायिका दीपिका पादुकोणले विमोचन गरिन् ।

अभिनेता रणवीर सिंहसँग प्रेम सम्बनधमा रहेकी दीपिकाले उक्त अवसरमा आफ्नो प्रेम जीवनबारे पनि केही अनुभव साटेकी थिइन् ।

दीपिकाले भनिन्, ‘रोमान्टिक रिलेसन कम्प्लीकेटेड हुन्छ । यस्तो समयमा कोही यस्तो व्यक्तिलाई खोज्नुपर्छ जसले आफ्नो सफलतालाई बुझ्न सक्छ ।

दीपिका र रणबीर अभिनित फिल्म ‘पद्मावती’ यही डिसेम्बर १ मा रिलिज हुँदै छ । फिल्मबारे बोल्दै उनले भनिन्, ‘पद्मावती एकदमै ठूलो अनुभव रह्यो मेरो लागि । हामी यसको लागि एक वर्षसम्म सुटिङ गर्दै थियौं ।

पछिल्लो पाँच वर्षमा मैले सञ्जय लीला भन्सालीको तीनवटा फिल्ममा काम गर्ने मौका पाएका कारण म आफूलाई निकै भाग्यमानी ठान्छु ।’

विशेष