मनोरञ्जन

यस्तो छ रमेश उप्रेतीको सदावहार हुनुको रहस्य, दुई किलो बढेपछि रातभर निदाउँदैनन्

यस्तो छ रमेश उप्रेतीको सदावहार हुनुको रहस्य, दुई किलो बढेपछि रातभर निदाउँदैनन्

काठमाडौं । कुनै समयका चर्चित नायक हुन रमेश उप्रेती । चकलेटी नायक मानिने उप्रेती अहिलेसम्म पनि उत्तिकै लक्का जवान देखिन्छन् । दश वर्ष अमेरिकामा बिताएर फर्किएका उप्रेतीले फिल्म ‘एश्वर्य’ मार्फत दमदार कमब्याक गरेका छन् ।

फिल्मको प्रचारको समयमा एक अन्तर्वार्तामा बोल्दै उनले आफ्नो फिटनेस र सदाबहार हुनुबारे रहस्य खोलेका छन् । उनले भने, ‘मलाई दुई किलो बढ्नेबित्तिकै रातभर निन्द्रा लाग्दैन । एक्सरसाइजमा मलाई एकदमै लत बसेको छ । म कफी सप र जिममा पुरै दिन बिताउन सक्छु । त्यस्तै गरि तनाव पनि लिन्न ।’

चालीस वर्ष पुगेपछिकोे जिन्दगी आनन्द हुने रमेशले बताए । यसबारे व्याख्या गर्दै उनले भने, ‘त्यसबेलासम्म परिपक्व भइन्छ र खर्च गर्ने पैसा पनि हुन्छ । त्यसकारण ३५ वर्षदेखि माथिको उमेर निकै रमाइलो लाग्छ ।’

उनी अभिनित तथा निर्मित फिल्म ‘एश्वर्य’ यही कात्तिक ९ गतेबाट प्रदर्शन हुँदै छ ।

विशेष