खेल

बार्सिलोनाले ओलम्पियाकोस हरायो, चेल्सी र रोमाले बराबरी खेले

बार्सिलोनाले ओलम्पियाकोस हरायो, चेल्सी र रोमाले बराबरी खेले

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत् बुधबार राति भएका खेलहरुम शीर्ष क्लबहरु बार्सिलोना, पेरिस सेन्ट जर्मेन, बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् ।

समूह ‘ए’को खेलमा इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडले पोर्चुगलको बेनिफिकालाई १–० ले हराउँदा स्वीट्जरल्यान्डको एफसी बाजलले रुसको सीएसकेए मस्कोलाई २–० ले पराजित गर्‍यो ।

च्याम्पियन्स लिगअन्तर्गत् समूह ‘बी’का खेलहरुमा पीएसजी र बायर्न म्युनिख विजयी भएका छन् । फ्रेन्च क्लब पीएसजीले बेल्जियमको एन्डरलेच्टलाई ४–० ले हराउँदा जर्मनीको बायर्न म्युनिखले स्कटल्यान्डको सेल्टिकलाई ३–० ले पाखा लगायो ।

यसैगरी, समूह ‘सी’का खेलहरुमा इंग्ल्यान्डको चेल्सी र इटालीको एएस रोमाले ३–३ गोलको बराबरी खेल्दा स्पेनको एथ्लेटिको मड्रिड र काजखस्तानको काराबागले गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।

समूह ‘डी’को खेलमा स्पेनिस क्लब बार्सिलोनाले ग्रीसको ओलम्पियाकोसलाई ३–१ ले हराउँदा इटालीको युभेन्टसले पोर्चुगलको स्पोर्टिङलाई २–१ ले पराजित गर्‍यो ।

विशेष