मुख्य समाचार

कम्युनिष्टहरुले साना साना खुद्रा पसल खोलेर बसिरहन नमिल्ने :केपी ओली

कम्युनिष्टहरुले साना साना खुद्रा पसल खोलेर बसिरहन नमिल्ने :केपी ओली

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा मालेका महासचिव सिपी मैनालीलाई पार्टीमा आउन आह्वान गरेका छन् । अध्यक्ष ओलीले सिपी मैनालीले नेपालको कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै एमाले प्रवेश गर्न आह्वान गरेका हुन् ।

मैनाली नेतृत्वको नेकपा मालेका नेताहरुलाई बिहिबार पार्टीमा प्रवेश गराउँदै मैनाली आफ्नो घनिष्ट र पूराना मित्र भएको पनि उल्लेख गरे । ।अध्यक्ष ओलीले माले महासचिव मैनालीलाई समयसँगै अध्यावधिक हुँदै जान पनि सुझाव दिए । जनताको हित गर्नका लागि एमालेमा अवसर भएको उल्लेख गर्दै ओलीले साना साना खुद्रा पसल खोलेर अव कम्युनिष्टहरुले बसिरहन नमिल्ने तर्क गरे ।

अध्यक्ष ओलीले जेम्सवाटले बाष्प इन्जिन आविष्कार गरेयता धेरै अरु इन्जिन आविष्कार भईसकेको उल्लेख गर्दै मैनालीलाई पनि बदलिँदा परिस्थिति अनुसार आफूलाई अध्यावधिक गर्दै लैजान पनि सुझाए ।

अध्यक्ष ओलीले जनता र राष्ट्रको हित गर्न सकिने विश्वासका साथ नेकपा मालेका नेताहरु आफ्नो पार्टीमा प्रवेश गरेको दावी समेत गरे । कार्यक्रममा नेकपा मालेका पोलिटव्यूरो सदस्य तथा निवर्तमान प्रमुख सचेतक अईन्द्रसुन्दर नेम्वाङ, निलमणि बराल, विरेन्द्र थपलिया, हिक्मत देउवा, गंगा चौधरी लगायतका नेताहरु एमाले प्रवेश गरेका थिए ।

विशेष