मनोरञ्जन

पवनकलीले पाइन दुलाहा

पवनकलीले पाइन दुलाहा

काठमाडौं । द पवनकली शोकी पहिलो पवनकली लुनिभा तुलाधरको विवाह भएको धेरै भैसकेको छ । उनी त छोराको आमासमेत भैसकेकी छिन् । कान्तिपुर टेलिभिजनमा कुनै बेलाको लोकप्रिय कार्यक्रम द पवनकली शोकी तेस्री पवनकली अर्थात माम्पी घोषले पनि अहिले दुलाहा फेला पारेकी छिन् ।

शो बन्द भएपछि अमेरिका पुगेकी माम्पी त्यसपछि मिडियामा निष्क्रिय नै छिन् । बेलाबखत नेपाल आइरहने घोषले अमेरिका निवासी नेपाली युवालाई नै आफ्नो जीवनसाथी बनाउन लागेकी हुन् ।

टेक्सासमा बसोबास गरिरहेका सिभिल इन्जिनियर ट्रिवल नहर्कीसँग दसैंका बखत नेपाल आएको मौका छोपेर गत सोमबार माम्पीको इङ्गेज्मेन्ट भएको हो । गत वर्ष अमेरिका पुगेका चलचित्र निर्देशक नारायण पुरीले एक आपसमा उनीहरूको परिचय गराएका थिए ।

अब ६ देखि ८ महिनापछि परिवारका सबै सदस्यको उपस्थितिमा धूमधामसँग विवाह गर्ने माम्पीले बताएकी छिन् । माम्पी अहिले अमेरिकाको न्युयोर्कस्थित एक ल फर्ममा कार्यरत छिन् ।

विशेष