खेल

युरोपा लिग फुटबलमा आर्सनलको लगातार तेस्रो जित

युरोपा लिग फुटबलमा आर्सनलको लगातार तेस्रो जित

काठमाडौं । युरोपा लिग फुटबलमा इङ्लिस क्लब आर्सनलले सर्बियाको रेडस्टार बेलग्रेडलाई १–० ले पराजित गरेको छ ।

गएराति सर्बियाको बेलग्रेडमा भएको समूह ‘एच’ को खेलमा आर्सनलका लागि ओलिभर जिरुले ८५ औं मिनेटमा निर्णायक गोल गरे । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो ।

युरोपा लिगअन्तर्गतकै अर्को खेलमा एभर्टन भने पराजित भएको छ । एभर्टनलाई उसैको मैदानमा फ्रेन्च क्लब ओलम्पिक लियोले २–१ गोल अन्तरले हराएको हो ।

युरोपा लिग फुटबलकै अन्य खेलहरुमा ईटालीको लाजियोले फ्रान्सको निसलाई ३–१ ले पराजित गर्दा रुसको जेनिथले नर्वेको रोजेनवर्गलाई ३–१ ले तथा स्पेनको रियाल सोसिडाडले मेसेडोनियाको एफके भारदारलाई ६–० ले पाखा लगाएको छ ।

अर्को स्पेनिस क्लव भियारियालले चेक गणतन्त्रको स्लाभिया प्रागसँग २–२ गोलको बराबरी खेल्दा ईटालीको एसी मिलान र ग्रिसको एईके एथेन्सले गोलरहित बराबरी खेलेका छन् ।

विशेष