२१ वर्षपछि ‘रातो टिका निधारमा टलक्क टल्कियो’
उनलाई धेरैले क्रिष्चियन धर्म लिएको आरोप लगाएका थिए तर प्रचण्डले हिन्दु धर्म पाखण्डी धर्म भएको बताउँदै दशैं शोषक शामन्तीको चाड भएकोले टिका बहिस्कार गर्दथे ।
हिन्दु धर्मलाई अवमूल्यन गर्दै बाबुको किरियामा समेत नबसेका प्रचण्ड परिवारले यो वर्ष दशैंमा टिका लगाए । भाञ्जाभाञ्जी, दिदिबहिनी, सबैमिलि परिकारमा दशैं मनाएको फोटो प्रचण्डपुत्र प्रकाशले आफ्नो फेसबुक वालमा राखेका छन् ।
प्रचण्ड निवासमा खसि काटेरै यो वर्ष भव्य दशैं मानियो । चितवनबाट रेणुको परिवार, प्रकाशको परिवार र दुबै पति पत्नीले टिका ग्रहण गरेका छन् । प्रकाशकी दोस्री श्रीमती सृजना र उनिहरुका छोरा भने तस्वीरमा देखिएका छैनन् ।
उनले पोष्ट गरेका फोटोमा प्रचण्डले सबै परिवार र उनले स्वयम पत्नि सिता दाहालको हातबाट टिका लगाएको देख्न सकिन्छ । टिकापछि सामुहिक तस्वीरमा प्रचण्ड मुस्काएका छन् । उनलाई धेरैले क्रिष्चियन धर्म लिएको आरोप लगाएका थिए तर प्रचण्डले हिन्दु धर्म पाखण्डी धर्म भएको बताउँदै दशैं शोषक शामन्तीको चाड भएकोले टिका बहिस्कार गर्दथे ।
तर यसपटक प्रचण्ड परिवार प्रसन्न मुद्रामा टिकाटालो गरिरहेको आम जनताले थाह पाए ।
प्रचण्डको निधारको रातो टिका, कानमा जमरा अनि टिकाको थालीमा राखीएका १००० का नोट हेर्नु आफैँमा आश्चार्यचकित पार्ने दृष्य छ ।