मनोरञ्जन

हेमा मालिनीका कारण शाहरुखको सुहागरात नै बर्बाद

हेमा मालिनीका कारण शाहरुखको सुहागरात नै बर्बाद

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान र गौरी २५ अक्टोबरमा आफ्नो विवाहको २६ औं वार्षिक उत्सव मनाउँदै छन् । उनीहरुले सन् १९९१ मा हिन्दु रितीरिवाजमा विवाह गरेका थिए । रमाइलो कुरा यो छ कि, उनीहरुको विवाहको पहिलो रात एक फिल्मको सुटिङको सेटमा बितेको थियो । यो सबको कारण थिइन् हेमा मालिनी ।

शाहरुख र गौरीको विवाहको दिन नै हेमा मालिनीले शाहरुखलाई मन लाग्यो भने सुटिङको लागि आउन भनेकी थिइन् । शाहरुख पनि गौरीलाई हेमासँग भटाउन पाउँदा मख्खपरेका थिए । गौरी पनि खुशी नै थिइन् । त्यसबेला शाहरुख हेमा मालिनीको निर्देशन र निर्माणमा बन्दै गरेको फिल्म ‘दिल आशाना है’ मा काम गर्दै थिए ।
शाहरुख गौरीलाई लिएर स्टुडियो पुगे । तर, हेमा त्यहाँ थिइनन् । फिल्ममा काम गर्ने अन्य व्यक्तिले हेमा केही समयमा आउने बताए पनि उनी आइनन् । स्टुडियोमा गौरीसँग रातको ११ बजेसम्म कुर्दा पनि हेमा नआएपछि शाहरुख गौरीलाई त्यहीं छोडेर सुटिङको लागि निस्किए । करिब २ बजेसम्म सुटिङ चल्यो तर हेमा आइनन् ।

सुटिङ सकेर शाहरुख जब मेक अप रुममा फर्किए गौरी भारी सारी र गहनामा लडिरहेकी थिइन् । कुर्सीमै निदाइरहेकी गौरीलाई देखेर शाहरुखलाई निकै नरमाइलो लाग्यो । आफ्नो संघर्षको समय भएको हुनाले शाहरुखले केही पनि गर्न सकेनन् ।

 

 

 

 

 

Gauri Sharukh

विशेष